• सुदिप गिरी

हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ३  को कार्यालयले किसानलाई तरकारीका बीउ बिजन वितरण गरेको छ । वडा कार्यालयले वडाका किसानलाई आलु, तोरी, मुला, बोडी, रायो र घाँसको बिउ बितरण गरिरहेको छ। कार्यालयले घाँसको २ सय ४० जना, आलुको बीउ २ सय ३२ जना, तोरीको बीउ २ सय ३२ जना कृषकलाई बितरण गरेको वडाध्यक्ष बिष्णुप्रसाद ओलीले बताएका छन् ।

 वडा नम्बर ३ कार्यालयले किसानलाई विभिन्न जातका तरकारीको बिउविजन फरक–फरक किसान परिवारलाई वितरण गरेको हो। गाउँपालिकाको गत असोज ३१ गतेको प्राप्त पत्र अनुसार पालिकाको चालू आर्थिक बर्ष २०७९÷०८० को बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत तरकारीका विउविजन वितरण गरिएको हो।

पशुपन्छि तथा मत्छ बिकास शाखाबाट घाँसको बीउ जम्मा ४०० केजी प्राप्त भएकोमा कृषि फर्महरूलाई ५ केजीका दरले र तोरी ५०० ग्रामका र आलुको बीउ २ केजीका दरले बितरण गरिएको छ । थोरै मात्रा बीउ उपल्ध भएको र किसानलाई पर्यान्त पुर्‍याउन नसकेको समेत अध्यक्ष ओलीले बताए ।

किसानलाई तोरी, आलू, रायो, मुला तथा विभिन्न तरकारीको विउ गाउँपालिकाबाट प्राप्त भएकोले वडामार्फत वितरण गरिएको हो। सबै किसानलाई समेट्नेगरि विभिन्न फरक जातका बीउ दिएको हो। तरकारीको बिउ लिनका लागि  वडामा निवेदन दिनु पर्नेछ। 

तोरी, आलू र घाँसको विउमा एक प्रकारको मात्र विउ उपलब्ध गराएको  छ। घाँसको बीउ लिइसकेका किसानहरुलाई उक्त वीउ नदिइने वडासचिज राजन खतिवडाले बताएका  छन्  ।