सुनसरी।

सुनसरीको बराहक्षेत्र नगरपालिका–११ बाट अवैध लागू औषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मधुवनको प्रहरी गस्ति टोलीले शंकास्पद अवस्थामा रहेको बा.११ च ३०४२ नम्वरको स्कारपियो गाडीलाई चेकजाँच गर्ने क्रममा गाडी भित्र १ सय ७५ किलोग्राम गाँजा र नगद १ लाख १ हजार ४ सय २५ रुपैयाँ समेत बरामद गरेको हो । 

अवैध गाँजा बरामद भएसँगै सवारी साधन र चालक इटहरी उपमहानगरपालिका–४ सुनसरीका ३१ बर्षीय मनिस दर्नाल र सहचालक ३१ बर्षीय योगेन्द्र बजगाईलाई  प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका उनीहरुको सुनसरी जिल्ला अदालतबाट म्याद ‍थप गरी लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम  इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।