बिर्तामोड ।  

मंसीर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ग्रामीण क्षेत्र अझ आदिवासी समुदायमा मतदाता शिक्षा पुग्न नसकेको सम्बन्धित क्षेत्रका नागरिकले गुनासो गरेका छन् ।

आदिवासी समुदायलाई हरेक हिसाबले पछाडि पारिएको भन्दै समुदायका अगुवा महिलाहरुले मतदाता शिक्षाबाट समेत उनीहरु बञ्चित बन्नु परेको बताएका छन् । 

बिर्तामोडमा भएको छलफलमा सहभागी आदिवासी समुदायका महिलाहरुले आफ्नो समुदायमा मतदाता शिक्षाको अवस्था न्यून रहेकाले प्रभावकारी रुपमा मतदाता शिक्षा प्रदान गर्न सरकार, राजनीतिक दल र अन्य सरोकारवालालाई अग्रह गरेका छन् ।

कार्यक्रममा कोच समुदायकी अग्रज महिला तथा बिर्तामोड कार्यपालिका सदस्य शर्मिला राजवंशी, सन्थाल समुदायकी अगुवा महिला तथा नेपाल सन्थाल आदिवासी महिला उत्थान समितिकी अध्यक्ष मन्दिरा किस्कू, विमला राजवंशी, विनिता राजवंशी, निताई सोरेन, चिन्ता राजवंशी, सुरजमनि टुडू, पूजा सोरेन, फूलमुनि मुर्मू, समिता मुर्मू, लोइस्मा किस्कू, रिमा टुडू, पूर्णिमा राजवंशी लगायतले आफ्नो समुदायका नागरिकले भोगिरहेका समस्याका बारेमा बताएका थिए ।