झापा । 

झापाको बिर्तामोड उद्योग वाणिज्य संघले व्यवसायीको हितमा काम गर्न नसकेको आरोप संघका उपाध्यक्ष सञ्जिव घिमिरेले आरोप लगाएका छन् । 

बिर्तामोडमा सोमवार (आज)  पत्रकार भेटघाट गर्दै संघका उपाध्यक्ष घिमिरेले आरोप लगाएका हुन् । कोभिडको प्रकोपबाट मारमा परेका व्यवसायीलाई संघले कुनै प्रकारको राहत दिन नसकेको उनले बताए ।

त्यस्तै वैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएर घरबार नै उठिबास बनाउने अवस्था भएको भन्दै यो अवस्थामा पनि प्रतिकारमा बिर्तामोड उद्योग वाणिज्य संघको नेतृत्व उत्रन नसकेको उनको आरोप छ ।

व्यवसायीले भरोसा गरेर आफूहरुलाई नेतृत्वमा पठाएको तर नेतृत्वमा बसेर पनि कुनै काम गर्न नसकिएको भन्दै उपाध्यक्ष घिमिरेले भन गत असोज महिनादेखि निरन्तर व्यवसायीहरुका आवाज उठाउने बताएका छन् । उनले आफ्नो आवाज नेतृत्वले नसुनेपछि आफैं नेतृत्वको विरोधमा उत्रनु परेको पत्रकार भेटघाटका क्रममा जानकारी दिए ।