झापा ।
झापाको बिर्तामोड नगरपालिका–३ स्थित पूर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जना साईकल यात्रीको मृत्यु भएको छ ।
सोमवार (आज) साईकल यात्री स्थानिय ६० बर्षीय उदयबहादुर गहतराजलाई प्रदेश १–०१–००१ च ८३१९ नम्वरको पिकअप गाडीले ठक्कर दिदा घाईते भएका गहतराजको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने सवारी साधन र चालक पथरी शनिश्चरे मोरङका कमलबहादुर मगरलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।