झापा ।
झापाको मेचीनगर नगरपालिका – १२ का राजन चिमरियाले दुई जना पत्रकारसहित बाइस जना सहिद तथा बेपत्ता परिवारका सदस्यलाई सम्मान गरेका छ्न् । सुखानीस्थित सहिद पार्कमा बुधबार(आज) आयोजित कार्यक्रममा चिमरियाले सहिद तथा बेपत्ता परिवार र पत्रकारद्वयलाई रुद्राक्षको माला तथा मायाको चिनोसहिद सम्मान गरेका हुन् ।
डेरि ब्यवसाय सन्चालन गर्दै आएका चिमरियाले कार्तिक १६ गते परेको आफ्नो जन्मदिनको अवसर पारेर पत्रकार जिएन शर्मालाई नगद १५ हजार तथा प्रकाश उप्रेती र २० जना सहिद तथा बेपत्ता परिवारका सदस्यलाई मायाको चिनोसहित सम्मान गरेका हुन् । उनले सहिदहरु बिरेन राजबंशी, नेत्र घिमिरे, रामनाथ दाहाल, कृष्ण कुइकेल, नारायण श्रेष्ठ, राजन ढुंगानालगायतको परिवारका सदस्यलाई मायाको चिनोसहित सम्मान गरेका हुन् ।
सहिद, बेपत्ता परिवार र घाइतेलाई कुनैपनि ठाउँबाट उपयुक्त किसिमको राहत एबम् जिबिकोपार्जनको श्रोतको ब्यवस्थापन नभएको भन्दै युवा राजनीतिकर्मी चिमरियाले जन्मदिनमा मात्रै होइन, अन्य समयमा पनि सहयोग गर्दै आएको बताए । चिमरियाले भने यो पटक ४९ औं जन्मदिनमा मैले देशको आमुल परिवर्तनमा आफ्नो जीवन सुम्पिने सहिद तथा बेपत्ता परिवारका लागि सुखानीमा कार्यक्रमको आयोजना गरेको बताए ।
चिमरियाले सहिद तथा बेपत्ता परिवारमध्ये बिपन्न परिवारलाई ८० हजार मूल्य पर्ने साथमा बाछिसहितको होलिस्टेन जातको गाई दान गर्ने घोषणा समेत गरेका छ्न् । उनले बिवाह बर्षगाठमा बिपन्न परिवारलाई अर्को गाई बितरण गर्ने घोषणा गरेका छन् । कार्यक्रममा पुष्पा गुरागाईले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै सहिद नेत्र घिमिरेको परिवारकी सदस्य मेनुका घिमिरेले सहिद गित प्रस्तुत गरेकी थिइन् । उनले सहिदका परिवारसहित सहभागी ९० जनालाई सुखानी पार्क र चेप्टि फण्ड पार्क अवलोकन गराएका थिए ।
चिमरियाले कोभिड महामारीमा आफ्नै लगानीमा बिरामीलाई निःशुल्क औषधी घरघरमै पुर्याउने, होल्डिङ सेन्टरमा रहेकालाई दैनिक सय लिटर निशुल्क दुध बितरण, आगलागी वा अग्नि पीडितलाई राहत, सुत्केरीलाई सुत्केरी पोषण बितरण, सयौ गरिब परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गराउदै छ्न् । त्यसैगरी तीन वटा सरकारी बिद्यालयमा दिवा खाजाका लागि निःशुल्क दुध बितरणसहित बिभिन्न सामाजिक कार्यमा गर्दै आएका छ्न् ।