ओखलढुंगा।
ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–२ मा रहेको स्काभेटरमा आगजनी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिशंखुगढी–१ का २९ बर्षीय तुलसी राज अधिकारी रहेका छन् ।
सृजनशिल कन्स्ट्कसन प्रालिको बा ३ ख ४३०६ नम्वरको स्काभेटर चिशंखुगढी–२ स्थित बाङ्गे खोला नजिक सडक छेउमा रोकेर राखेको अवस्थामा कार्तिक १४ गते राती आगजनीबाट पूर्णरुपमा जली क्षेति भएको थियो ।
तत्काल घटना स्थलमा खटिएको प्रहरी चौकी खानिभञ्याङ र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको प्रहरी टोलीले खोज तलासको क्रममा स्काभेटर आगजनी गर्ने अधिकारीलाई भाग्दै गरेको अवस्थामा चिशंखुगढी–१ सुर्केटार स्थितबाट बुधवार (आज) पक्राउ गरेको हो ।
पक्राउ परेका अधिकारीको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उक्त स्काभेटरले माझिटार–हिलेछाप कच्चि भित्रि सडक खण्डमा मर्मत कार्य गर्दै आईरहेको थियो ।