• राजु बराल 

चन्द्रगढी ।

झापाको भद्रपुर–९ स्थित देवकोटा महिला समुहले देवकोटा जेष्ठ नागरिक समूहलाई नगद नौ हजार आठ सय सत्तरी रुपैयाँ प्रदान गरेको छ ।

भद्रपुर ९ को देवकोटा चोकमा सोमबार(आज) आयोजित कार्यक्रममा देउसी भैलोबाट सङ्कलित उक्त रकम  महिला समुहका अग्रज रुकमिणी ढकालले देवकोटा जेष्ठ नागरिक समुहका अध्यक्ष खडगकृष्ण भट्टराइलार्इ हस्तान्तरण गरेका हुन् ।

देवकोटा जेष्ठ नागरिक समुहका अध्यक्ष खडगकृष्ण भट्टराई र सचिव खडगप्रसाद दाहालले सञ्चालन गरेको कार्यक्रममा समुहका  सल्लाहकार एवम सहजकर्ता  सरोज निरौलाले समुहको देउसी भैलोबाट १६ हजार ६ सय १० रुपैयाँ सङ्कलन भएको  जानकारी दिए। 

सङ्कलित रकमबाट पहिलो चरणमा देवकोटा जेष्ठ नागरिक चौतारीमा बत्तिको ब्यवस्था गरिएको र आगामी दिनमा जेष्ठ नागरिकका गतिविधिहरुलाई सशक्त रुपमा अघि बढाउने समेत उनले बताएका छन् ।