झापा ।
तिहार लगतै शुरु भएको छठ पर्व सोमवार (आज) उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भएको छ। आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न हुने गरेको छ ।
चारदिन सम्म मनाईने छठ पर्व आज अन्तिम दिन नदी, खोलानाला, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेकाब्रतालु तथा भक्तजनहरुले विहान उदाउँदो सूर्यलाई उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुने गरेको छ ।
छठको मुख्य दिन आइतवार (हिजो) अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गर्ने गरेका छन् । झापाको मेचीनगरको मेची नदी, निन्दा, भद्रपुरको मेचीनदी, देउनिया, बिर्तामोडको अधुवा, कनकाई नगरको विरिङ र कनकाईमाई नदी, रतुवा, कमललगायतका खोलानाला तथा नदीमा पूजा आराधना गर्ने ब्रतालु तथा भक्तजनको घुइचो लागेको थियो । उक्त स्थानमा घाट तथा पण्डालको ब्यवस्थापन गरेर सिँगारिएको साथै विभिन्न सांस्कृति कार्यक्रमहरु गर्दै पूजा आराधना गरेर भक्तजन तथा ब्रतालुहरु रातभर जाग्राम बसेका थिए ।
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा हुने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ । कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म अर्थात् छाला रोग नलाग्ने धार्मिक विश्वास छ । पहिले तराईका सीमित क्षेत्रमा मनाइने छठले केही वर्षदेखि राष्ट्रिय रुपमा मनाउन थालिएको छ ।