झापा ।
इलाममा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक प्रहरीसहित दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् ।इलामको सूर्योदय नगरपालिका ९ स्थित फिक्कल– पशुपतिनगर सडकखण्डमा बाटो पिच गर्ने मिक्स्चर साइडमा रोकि राखेको अवस्थामा फिक्कलबाट पशुपतिनगरतर्फ जाँदै गरेको प्रदेश नं. १ –०१–०१३ प ८०१३ नम्बरकोमोटर साइकल ठोक्दिा चालक इलाम सूर्योदय नगरपालिका ३ का जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ कार्यालयमा कार्यरत ३५ वर्षिय प्रहरी सहायक हवल्दार दिनेश राईको मृत्यु भएको हो ।
दुर्घटनामा प्रहरी सहायक हवल्दार दिनेश राई र मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने ३९ वर्षिय युवराज राई घाइते भएका थिए । दुवै घाइतेलाई प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरी टोलीले फिक्कल अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि दुवै घाइतेलाई बिएण्डसी अस्पताल विर्तामोड पठाइएकोमा प्रहरी सहायक हवल्दार दिनेश राईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
त्यसैगरी इलाम नगरपालिका १० सिलपुरमा नामसालिङबाट गोदकतर्फ बिरामी बोकेर आउँदै गरेको प्रदेश १–०३–००१ च ००२० नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भएर सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना भएको छ । दुर्घटनामा परी इलाम माईजोगमाई ४ बस्ने बिरामी ५१ वर्षिय पदम देवानको मृत्यु भएको हो । उनको जिल्ला अस्पताल इलाममा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।
दुर्घटनामा सोही ठाउँ बस्ने २९ वर्षिय बिश्वास देवान, २५ वर्षिय रबिन देवान र ४६ वर्षिय अमर देवान घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ भने गाडी घटनास्थलमा नै रहेको र चालक माईजोगमाई बस्ने ३१ वर्षिय ज्ञानेन्द्र दाहाल प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।