झापा ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एउटा घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका भीष्मराज खुदाङको घरमा भएको आगलागीमा घर जलेर नष्ट भएको हो ।
बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट हुँदा १५ लाखभन्दा बढी रुपैयाँको क्षति भएको जाकारी प्राप्त भएको छ ।
प्रहरीले क्षतिको विवरण सङ्कलन गरिरहेको छ र आगलागीको कारण खुल्न नसकेको वडाध्यक्ष तामाङले बताएका छन् । प्रहरीले क्षतिको विवरण संकलन र घटनाको थप अनुसन्धान गरिरहेको जनाइएको छ ।