बिराटनगर।

 झापा र मोरङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका–९ र मोरङको कानेपोखरी गाउँपालिका–६ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । 

कानेपोखरीमा प्रदेश १–०२–००३ त १५७८ नम्वरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्रयाक्टरका चालक कानेपोखरी–४ का ५० बर्षीय ज्ञानबहादुर लुङ्गेली मगर गम्भिर घाईते भएर उपचारको लागि बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । 

त्यस्तै शिवसताक्षी–९ स्थित पुर्व पश्चिम राजमार्गमा बिर्तामोडतर्फ जाँदै गरेको मे. १ ख २३२१ नम्वरको यात्रुबाहक बसले बिपरित दिशाबाट आउँदै गरेको  प्रदेश १–०१–०१२ प ४९९६ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक  दमक नगरपालिका–६ का २३ बर्षीय रोनि बोसको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा  मृत्यु भएको हो । 

ठक्कर दिने बस र चालक मेचिनगर–१४ का बिकास राईलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।