सुरुङ्गा ।

  • चन्द्र बस्नेत 

कनकाई  नगर बाल सञ्जालको आयोजनामा सामूहिक देउसीभैलो कार्यक्रम भएको छ । नेपाली मौलिक भेषभूषा र बाजागाजासहित नगर बाल सञ्जाल र वडा बाल क्लबहरु संयुक्त रुपमा कनकाईमा देउसी भैलो खेलेका हुन् । 

देउसीभैलो कार्यक्रम मनोरञ्जनका लागि मात्र नभएर नेपालीको मौलिक परम्परा जोगाई राख्न र चेतना बढाउन कै लागि  सामूहिक देउसी भैलो कार्यक्रम  आयोजना गरिएको नगर बाल सञ्जालका अध्यक्ष अभिशेक मिश्रले बताए । 

परम्परागत शैलीमा देउसी भैलो खेल्ने चलन हराउँदै गएको अवस्थामा नगर बाल सञ्जालका अध्यक्ष मिश्रको नेतृत्वमा कार्यक्रम गरिरहेको र उक्त  टोलिले बालमैत्री स्थानीय शासन युक्त नगरका रूपमा कनकाई नगरपालिकाले घोषणा गर्न तयारी गरिरहेको बेला रास्ट्रले तोकेको ५१ र कनकाई नगरले तोकेको ५२  वटा मापदण्डअनुसार  नै देउसी तयार पारेको र यो प्रयास देश भरमै पहिलो र नयाँ रहेको अध्यक्ष मिश्रले दाबी गरे ।

परम्परागत संस्कृति जगेर्नमा नगर बाल सञ्जालको भुमिका महत्त्वपूर्ण रहेकोे नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले बताए। देउसी कार्यक्रममा प्रमुख आतिथ्य ग्रहण गर्दै नगर प्रमुख पोख्रेलले पश्चिमा संस्कृति भित्रिन नदिन आजका वालवालिका सचेत हुनुपर्ने आवश्यकता पनि औँल्याए ।  उनले अबको केही समयमै कनकाई नगर पनि बालमैत्रि घोषणा गर्ने तयारीमा जुटेको र यसमा सबैनगर बासिहरुको उतिकै सहयोगको आवश्यकता रहेकोे बताए।  

नगर  बालमैत्रि घोषणा गर्नकै लागि अभियानमा  एकैपटक नगर भरिका वार्ड वाल सञ्जाल र टोलहरुमा बालमैत्री सम्बन्धि चेतना पुर्याउन कै लागि जिल्ला मै पहिलो पटक भएको र यो प्रयास कनकाई नगरमा आयोजना  गरिएको नगर बालकल्याण अधिकारी उमानाथ ढकालले जानकारी दिए । बिगत ४ बर्ष देखीको अभियान लाई सफल बनाउन टोल – टोलमा समिति गठन र परिचालन गर्न योजनासहित गतिविधि गर्न थालिएको  र यस कार्यलाई सफल बनाउन स्वयम  आफू आफ्नो घर परिवार, समाज हुँदै वडा र नगरमा समेत अभियान सञ्चालन गर्दै अघि बढनु पर्नेमा  नगर प्रमुख पोख्रेलले  जोड दिए । अभियान कै क्रममा नगरका सबै वडामा दिउसी भैलो मार्फत चेतान बढाउन लागि परेको अध्यक्ष मिश्रले बताए।