• राजु बराल 

चन्द्रगढी ।

तिहारमा खेलिने देउसी भैलोको मौलिक  सास्कृतिक पक्षलाई जगेर्ना गर्ने उद्देश्यले झापाको भद्रपुर ९ को चन्द्रगढीस्थित देवकोटा चोकमा देवकोटा जेष्ठ नागरिक चौतारीको अगुवार्इमा देउसी भैलो कार्यक्रम भएको छ । भद्रपुर नगरपालिकाका उप प्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा बुधबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

देवकोटा जेष्ठ नागरिक चौतारीका  सल्लाहकार सरोज निरौलाको सहजिकरणमा भएको देउसी भैलो कार्यक्रममा सन्चारकर्मी राजु बराल, देवकोटा स्मारक संरक्षण समितिका अध्यक्ष सन्तोष पोखरेल, एकता मुल कृषि समूह अध्यक्ष हरि पराजुली, चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष गोकुल ढकाल र पुहातु जनज्योती माबिका शिक्षक डिल्लीराम अधिकारी लगायतको सहभागिता रहेको थियो ।

देवकोटा जेष्ठ नागरिक चौतारीका अध्यक्ष खड्गकृष्ण भट्टरार्इको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन सचिव खडगप्रसाद दाहालले गरेका थिए ।