झापा ।
झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ बाट दुई जनालाई प्रतिबन्धित लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।
अर्जुनधारा–११ स्थित चिया बगान छेउबाट अस्थाई प्रहरी पोष्ट बसपार्कको प्रहरी टोलीले अर्जुनधारा–११ का ३४ बर्षिय दिनेश दर्जी र सोही स्थानका ३८ बर्षिय राजकुमार कार्कीलाई पक्राउ गरेको हो ।
शंका लागि उनीहरुलाई चेकजाँच गर्दा दुबै जनाको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ २१ ग्राम फेला परेकोले प्रहरीले जनाएको छ ।
प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।