झापा । 

झापाको अर्जुन नगरपालिका वडा नम्बर ९ का दुईजनालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ । कमल गाउँपालिका–३ केर्खाबाट इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाको प्रहरी टोलीले मे.५ प.९८१८ नम्बरको मोटरसाइकलमा सवार अर्जुनधारा–९ का २६ बर्षिय अजय माझी र सोही स्थानका २८ बर्षिय अर्जुन राजबंशीलाई पक्राउ गरेको हो । 

माझी र राजवंशीलाई शंका लागि चेकजाँच गर्दा अजय माझीको साथबाट प्रतिबन्धित लाूुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १० ग्राम र १६ हजार ८५५ रुपैयाँ नगद फेला परेको प्रहरीले जनाएको छ । 

उनीहरु सवार मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।