बिर्तामोड । 

नेपाल हिन्दू राष्ट्र पुर्नस्थापना मञ्चले नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्ने माग गरेको छ । मञ्चले आइतवार (आज) बिर्तामोडमा पत्रकार भेटघाट गर्दै सहि तरिकाले हिन्दू राष्ट्र नदिए आन्दोलनसमेत गर्ने चेतावनी दिएको छ । 

मञ्चका संस्थापक तथा केन्द्रिय अध्यक्ष डा. बिष्णुप्रसाद बरालले हिन्दू राष्ट्र फाल्न त्यती सजिलो नभएको बताउँदै विश्वका राष्ट्रपति, प्रधानमन्त्री र विशिष्ठ नेताहरुलाई नेपाललाई हिन्दू राष्ट्र बनाउन पत्राचार गरेको बताएका छन् । 

‘हिन्दू राष्ट्र चाहनेलाई हामी समर्थन गछौं’ मञ्चका अध्यक्ष बरालले भने ‘चाहे त्यो जोसुकै होस्’ उनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समर्थन रहेको बताउँदै भने ‘हिन्दू राष्ट्रको सवालमा मात्र ।’ हिन्दू राष्ट्रमा सवै जातजाती अटाउन सकिने र भाइचारा हुने भएकाले पनि नेपाललाई हिन्दू राष्ट्र बनाउन माग गरेको उनको भनाई छ ।

हिन्दूलाई अन्यले हिजडा, गाईको ग्रोबर र पिसाब खाने भन्ने गरेको साथै घृणाको दृष्ट्रिले हेर्ने गरेकाले पनि गरिब देश भएर पनि कसैको गुलाम नभएको नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्नेमा बरालले जोड दिए ।

बरालले नेपाललाई हिन्दू राष्ट्र चाहनेहरुको दवाब रहेको समेत बताएका छन् । पत्रकार भेटघाट कार्यक्रममा अलकोच राजवंशी स्टुडेन्ट युनियनका चिफ एड्भाइजर प्रणवज्योती राजबंशीको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल हिन्दू राष्ट्र पुर्नस्थापना मञ्च नेपालका युवा संगठनका अध्यक्ष अभय राजवंशीले गरेका थिए । 

hundu rasta