बिराटनगर ।
१ नम्बर प्रदेश प्रहरी श्रीमती संघले श्रीमती कल्पना गिरीको अध्यक्षतामा ९ सदस्य कार्य समिति पदाधिकारीको गठन गरेको छ । प्रदेश प्रहरी कार्यालय बिराटनगरमा आइतवार (आज) भएको संघको भेलाले ९ सदस्य पदाधिकारीहरु सर्वसम्बत चयन गरेको हो । ुुसेवा नै धर्म होुु भन्ने भावनाले अभिप्रेरित नेपाल प्रहरीमा कार्यरत राष्ट्र सेवकहरुका परिवारहरुलाई सामाजिक सेवाको लागि अभिप्रेरित गरी राष्ट्रसेवाको पुनित कार्यको लागि संगठित गर्न समिति चयन भएको हो ।
राष्ट्रमा समय–समयमा आईपर्ने विभिन्न प्रकारका दैवि प्रकोपहरु लगायत मानविय सेवाका विविध क्षेत्र जस्तो शिक्षा, स्वास्थ्य, खेलकुद र आर्थिक क्षेत्रहरुको सुधार, विकास र उन्नतिको लागि आफुहरुमा अन्तर्निहित साधन, श्रोतको उपयोग वा विभिन्न माध्यमहरु मार्फत सहयोग पुर्याई लोक कल्याणकारी सेवा उपलव्ध गराउने पवित्र उद्देश्य लिई राष्ट्र र समस्त नेपालीहरुको उन्नति, प्रगति एवं विकासको वृहत्तर सोचका साथ मिति २०४१ साल भाद्र ४ गते नेपाल प्रहरी श्रीमती संघ नामक मुनाफा रहित संस्थाको स्थापना भएको हो ।
भगिनी संस्थाको रुपमा प्रदेश प्रहरी श्रीमती संघ स्थापना भई आफ्नो स्थापना कालदेखि नै प्रहरी परिवारका महिलाहरुको मात्र नभएर सहारा विहिन वृद्ध, वृद्धाहरुलाई राहत सहयोग, स्वास्थ्य शिविरहरु लगायत बिभिन्न सामाजिक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको प्रदेश प्रहरी श्रीमती संघले थप नयाँ कार्ययोजनाहरु संचालनको लागि नयाँ समिति गठन गरेको हो ।