विराटनगर।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार रबिन्द्र लोक्ताम र प्रहरी चौकी पेल्टिमारी इलाममा कार्यरत प्रहरी सहायक हवल्दार राज कुमार श्रेष्ठ असोज महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी घोषित भएका छन् ।

विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै उनीहरुलाई असोज महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी घोषित गरिएको हो । 

ताप्लेजुङ र इलाम जिल्लामा कर्तव्य ज्यान जस्तो जघन्य अपराधको घटना घटाई वारदात पश्चात फरार रहेका प्रतिवादीहरुलाई वारदातमा प्रयोग भएका धारिलो हतियार सहित पक्राउ गर्नुका साथै नगद तथा सुन डाका गरी फरार रहेका व्यक्तिहरुलाई विभिन्न स्थानबाट पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन अहम भुमिका निर्वाह गरी आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले काठमाण्डौ उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वर काठमाण्डौ गण मुख्यालय दरवन्दी भई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार रबिन्द्र लोक्ताम र प्रहरी चौकी करफोक इलाम दरवन्दी भई प्रहरी चौकी पेल्टिमारी इलाममा कार्यरत प्रहरी सहायक हवल्दार राजकुमार श्रेष्ठलाई उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७९ साल अशोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको छ ।    

कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रत्येक महिना १ नम्बर प्रदेश भरीका उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु मध्येबाट छनौट गरी सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ूकू स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।