बिर्तामोड ।
पूर्व सञ्चारकर्मी हाल जापानमा बसेर व्यवसायमा क्रियाशील तनुजा शर्माले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि ११ हजार रुपैयाँ प्रदान गरेकी छिन् ।
शनिबार बिर्तामोडस्थित महासंघको कार्यालय पुगेर शर्माले महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीलाई उक्त रकमको बापतको चेक प्रदान गरेकी हुन् । केही वर्षदेखि जापानमा बस्दै आएकी शर्मा त्यहाँ व्यवसायसँगै विभिन्न संस्थामा रहेर सामाजिक काममा समेत सक्रिय छिन् ।
उनले पत्रकारको सामाजिक सुरक्षा, भौतिक विकास र क्षमता अभिवृद्धिका क्षेत्रमा ममहासंघ झापाले गरेको कामबाट आफू गौरवान्वित भएको बताइन् । पत्रकारको हितका लागि आगामी दिनमा अझ सहयोग गर्ने उनले बताइन् ।
महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ ।