उदयपुर ।

उदयपुरको त्रियुगा नगरपालिका–१५ मा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार (आज) गिटि लोड गरी उदयपुरको सिद्रेतर्फ जाँदै गरेको प्रदेश २–०१–००१त १०३३ नम्वरको ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना भएको थियो । 

दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका–१३ का २२ बर्षिय बिकास राई घाईते भएकोमा उपचारको लागि जिल्ला अस्पताल उदयपुर लागिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

घटना बिषयमा जिल्ला प्रहरी कार्यालय उदयपुरले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।