बिर्तामोड । 

झापाको बिर्तामोडमा उद्योग बाणिज्य संघ महिला उद्यमी समुहले शुक्रवार (आज) बिर्तामोडमा दीपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान गरेको छ । 

कार्यक्रममा दिदिबहिीहरुले दाजुभाई भेटघाट कार्यक्रमसहित दाजुभाईलाई ढाकाटोपी लगाएर तिहारको शुभकामना दिएका थिए । 

समुहकी बरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष यशोदा उप्रेतीको अध्यक्षमा भएको कार्यक्रमा संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटी प्रमुख आतिथ्यतामा भएको हो । 

कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर उप–प्रमुख नगेन्द्रप्रसाद शिवाकोटी, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेलगायत बिभिन्न संघ÷संस्थामा आवद्ध दाजुभाईहरुलाई खानपिनसहित तिहारको शुभकामना दिएका थिए ।