ताप्लेजुङ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ मा भएको ट्याक्टर दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । बुधवार दिउँसो प्रदेश २–०२–०३–००१ त ५६५५ नम्बरको ट्याक्टर तेलाबुङबाट मैवाखोला–५ काम्साङ फर्कने क्रममा सडकबाट अन्दाजी २५० मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा ट्याक्टरमा सवार रहेका चालक स्थानीय ३१ बर्षीय पासाङ शेर्पा, उनैका भाई २४ बर्षीय फुर्वा शेर्पा, १७ बर्षीया लाकी शेर्पा र २२ बर्षीया सर्मीला शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।