झापा ।
झापाको गौरादह नगरपालिका वडा नम्बर ८ जुरो पानीमा गोली प्रहार गरी घटना स्थलबाट भागेका एक जनाको मृत्यु भएको छ गाली लागेका एक जना घाइते भएका छन् ।
जुरोपानीका अन्दाजी ३५/३६ बर्षिय बिरन साहले बिवाद हुँदा उनकै दाजुको छोरा १५ बर्षिय हेमराज साहलाई आफ्नै घर अगाडी सानो चाइजिन पेस्तोलको गोली लाग्ने होममेड पेस्तोलले गोली हानी घाइते बनाएर भागेका थिए ।
गोली हानी भागेका उनको खोजतलास गर्ने क्रममा घटना स्थलबाट १०० मिटर उत्तर सुकुना खोला किनारमा कन्चटमा गोली लागेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
गोली लागेका घाइतेको झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा लगेर उपचार भइरहेको जनाइएको छ । घटना स्थलहरुबाट कटुवा पेस्तोल थान १, म्यागजिन थान २, गोलीको खोका १ थान र १५ राउण्ड गोली फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको बिषयमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।