सुरुङ्गा ।
झापाको कनकाई नगरपालिका वडा नम्बर १ को सहजिकरण महिला समुहले आयोजना गरेको चारदिने उद्घोषण तथा माइन्यूट लेखन तालिम सम्पन्न भएको छ ।
समुहको आयोजना तथा कनकाई नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोगमा गत शनिवारबाट शुरु भएको तालिमको उद्घाटन तथा समापन कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले गरेका थिए ।
४० जना महिलाहरुको सहभागीता रहेको तालिमको सहजीकरण नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई र नारी सञ्चार गृहकी अध्यक्ष भिमा शिवाकोटीले गरेका थिए । समुहकी अध्यक्ष लीलादेबी प्याकुरेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलको प्रमुख आतिथ्य तथा कनकाई १ का वडाध्यक्ष सुशिलकुमार पोखरेलको बिशिष्ठ आतिथ्य रहेको थियो ।
कार्यक्रममा नगर प्रमुख पोखरेल, वडा न १ का वडाध्यक्ष सुशीलकुमार पोखरेल, प्रजापति युवा क्लवका अध्यक्ष ईश्वर किरण सुवेदी, कनकाई बिहानी क्लबका अध्यक्ष मनोज बस्नेत, नमुना महिला समुहकि प्रतिनिधि गिता पुरी, प्रजापति सामुदायिक बनका कार्यवाहक अध्यक्ष दलबहादुर बिक, वडा न १ कि महिला सदस्य निर्मला खड्कालगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रशिक्षार्थिहरुको तर्फबाट शिरु तामाङ, शिजु खरेल, मिना खड्का, बालिका चौहान लगायतले तालिमको उपलब्धीका बिषयमा आ–आफ्नो भनाई राखेका थिए ।कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियोे । समुहकि सह– सचिब संगीता भुजेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन समुहकी सचिव निर्मला बस्नेतले गरेकी थिइन् ।