बिर्तामोड । 

बिर्तामोड नगर प्रहरीले जथाभावी रुपमा फोहोर फाल्दै गरेको अवस्थामा मोटर साईकल, स्कुटर र साईकल नियन्त्रणमा लिएको छ ।बिर्तामोडको नयाँ बसपार्क पस्ने सडक नजिकै चिया बगान क्षेत्रमा सोमबार राती फोहोर फाल्दै गरेको अवस्थामा गस्तीमा रहेको प्रहरीले नियन्त्रणमा लिएको नगरप्रहरी प्रमुख किरण पाण्डेले जानकारी दिएका हुन् ।

प्रहरीले प्रदेश १–०२–०४४ प ५५०४ नम्बरको यामाहा मोटरसाईकल, मे ११ प ५८९१ नम्बरको स्कुटर र साईकल नियन्त्रणमा लिएको हो । जथाभावी रुपमा फोहोर फाल्ने क्रम बढ्दै गएपछि नगर प्रहरीले २४ सै घण्टा गस्ती गर्दै आएको छ । उक्त क्षेत्रमा राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड नगर कमिटीको आयोजनामा सोमबार बिहान सरसफाई गरिएको थियो ।

नियन्त्रणमा लिएका सवारीलाई नगरपालिकाको कार्यालयमा राखिएको छ । नगरपालिकोले जथाभावी रुपमा फोहोर फाल्न प्रयोग गरिएका साधन नियन्त्रणमा लिएर कानून अनुसार कार्वाही गर्दै आएको छ ।