झापा । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ बेलडाँगीमा मोटरसाईकल एकआपसमा ठोक्किदा दुवै चालकको मृत्यु भएको छ । 

दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे ५ प १६०४ न.को मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको मे ३ प ५५८० न.को मोटरसाइकल एक आपसमा ठोक्किदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको हो । 

मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका वडा नम्बर २ का २५ बर्षिय अनिस साउदेन र सोही स्थानका ४३ बर्षिय भोलाराज भुजेल रहेका छन् । 

मे ५ प १६०४ नम्बरको मोटरसाइकल चालक सोही स्थानका भुजेल, उनकी श्रीमती ४२ बर्षिया चन्द्रकला भुजेल, छोरी ९ बर्षिया प्रशना भुजेल घाईते भई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा दुवै मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइतेहरुलाई थप उपचारको लागि बिर्तासिटी अस्पताल लगेर उपचार भइरहेको जनाइएको छ । त्यस्तै दुवै सवारी साधन इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ भने उक्त घटना सम्बन्धी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।