विर्तामोड ।
गठबन्धनमा आबद्ध दलका विद्यार्थीहरुको संयुक्त भेला विर्तामोडमा सम्पन्न भएको छ । नेपाली कांग्रेस आबद्ध नेपाल विद्यार्थी संघ, नेकपा माओवादी निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठन र नेकपा एस निकट अनेरास्ववियुको संयुक्त जिल्ला भेला सम्पन्न भएको हो ।
भेलाले गठबन्धन दलका उम्मेद्वारहरुको पक्षमा प्रचार–प्रसार अभियान तीब्र पार्दै जनलहर सिर्जना गर्ने उद्देश्यले पाँच सदस्यीय जिल्ला संयन्त्र गठन गरेको छ । नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेतीको संयोजकत्वमा गठित समितिको सहसंयोजक रञ्जन धमला, सचिव हरि भट्टराई र सदस्यहरुमा सहदेव भट्टराई र नवीन सिटौला रहेका छन् ।
राजेन्द्र उप्रेतीको सभापतित्वमा सम्पन्न संयुक्त भेलाले पाँचवटै क्षेत्र र १० वटै प्रदेशक्षेत्रस्तरमा निर्वाचन प्रचार–प्रसार समिति गठन गरेको छ । जसअन्तर्गत झापा क्षेत्र नं–१ संयोजकमा सञ्जय निरौला, झापा क्षेत्र नं–२ संयोजकमा अनिल सुवेदी, झापा क्षेत्र नं–३ को संयोजकमा नारायण नेपाल, क्षेत्र नं–४ को संयोजकमा अशोक पाठक र क्षेत्र नं–५ को संयोजकमा नवराज ढकाल चयन भएका छन् ।
त्यसैगरी झापा क्षेत्र नं–१ प्रदेश क को संयोजकमा अर्जुन गौतम, ख को संयोजकमा सुसन लम्साल, क्षेत्र नं–२ क संयोजकमा एलेक्स मैनाली, ख मा गोकुल पौडेल, झापा क्षेत्र नं–३ क मा मनिस दाहाल, ख मा सञ्जय शाह, झापा क्षेत्र नं–४ को क संयोजकमा विरेन्द्र बस्नेत र ख मा आवास खरेल एवं झापा क्षेत्र नं–५ क संयोजकमा बाबुराम नेपाल, ५ को ख मा राजन चापागाई रहेका छन् ।
प्रचार अभियान तीब्र बनाउने संयुक्त संयन्त्रको निर्णय
त्यसैगरी प्रतिगमन विरुद्ध संगठित लोकतान्त्रिक–बाम गठबन्धन दलको संयुक्त संयन्त्र झापाको बैठकले प्रचार अभियानलाई तीब्र बनाउने निर्णय गरेको छ ।
संयन्त्रका अध्यक्ष एवं कांग्रेस कार्यबाहक सभापति केशवराज पाण्डेको अध्यक्षतामा बसेको संयन्त्रको बैठकले गठबन्धनमा आबद्ध दलहरुका तरुण, युवा, विद्यार्थी, मजदुर, किसान, महिला, भातृ तथा जनवर्गीय संगठनको प्रतिनिधिसभा, क्षेत्र, प्रदेशसभा क्षेत्र र वडा तहसम्म संयुक्त समिति गठन गरी गठबन्धन दलका उम्मेद्वारहरुलाई विजयी गराउन प्रचार अभियानलाई तीब्र बनाउने निर्णय गरेको हो ।
त्यसैगरी बैठकले गठबन्धन दलका भातृ तथा जनवर्गीय संगठनका जिल्ला, क्षेत्र, प्रदेशक्षेत्र र गाउँ÷नगरस्तरका पदाधिकारीहरुको संयुक्त भेला आगामी कात्तिक ४ गते गर्ने निर्णय गरेको संयन्त्रका सदस्य कृष्ण हुमागाईले जानकारी दिए।
बैठकमा नेकपा एसका बेदराज रेग्मी, नेकपा माओवादीका राजु आचार्य अग्नी, शेरबहादुर भट्टराई, कृष्ण हुमागाई, मोहन टुडु, कुबेर श्रेष्ठ, विपी भट्टराई लगायतको सहभागिता रहेको थियो ।