सुरुङ्गा ।
झापाको कनकाई नगरपालिका वडा नम्बर १ को सहजिकरण महिला समुहको आयोजनामा उद्घोषण तथा माइन्यूट लेखन बिषयक चारदिने तालिम शुरु भएको छ ।
समुहको आयोजना तथा कनकाई नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोगमा शनिवार (आज) देखि शुरु भएको तालिमको उद्घाटन कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले उद्घाटन गरेका हुन् । आजबाट शुरु भएको तालिम कार्तिक १ गतेसम्म हुने समुहकी सचिव निर्मला बस्नेतले जानकारी दिइन् ।
४० जना महिलाहरुको सहभागीता रहेको तालिमको सहजीकरण नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई र नारी सञ्चार गृहकी अध्यक्ष भिमा शिवाकोटी सहजीकरण गर्ने जनाइएको छ ।
समुहकी अध्यक्ष लीलादेबी प्याकुरेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख पोखरेलको प्रमुख आतिथ्य रहेको थियो भने कनकाई १ का वडाध्यक्ष सुशिलकुमार पोखरेलको बिशिष्ठ आतिथ्य रहेको थियो । स्वागत समुहकी उपाध्यक्ष कामना पौडेलले गरेकी थिइन् भने कार्यक्रमको औचित्यमाथि प्रकाश समुहकी सह–सचिव संगीता भुजेलले पारेकी थिइन् ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख पोखरेल, वडा न १ का वडाध्यक्ष सुशीलकुमार पोखरेल, प्रजापति युवा क्लवका अध्यक्ष ईश्वर किरण सुवेदी, कनकाई युवा क्लबका अध्यक्ष मनोज बस्नेत, नमुना महिला समुह अध्यक्ष गोमा न्यौपाने , प्रजापति सामुदायिक बनका कार्यवाहक अध्यक्ष दलबहादुर बिक वडा न १ का महिला सदस्य निर्मला खड्का, बिहानी महिला समुहकी अध्यक्ष रिता उप्रेतीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन समुहकी सचिव निर्मला बस्नेतले गरेकी थिइन् ।