मोरङ।
सिरहा गोलबजार–३ का १७ बर्षीय अंशु सदाको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमला नगरपालिका–६ धनुषाका १८ बर्षीय राकेश ठाकुर, सोही स्थानका १८ बर्षीय विसु भन्ने प्रशान्त मण्डल र रतुवामाई नगरपालिका–५ मोरङका २६ बर्षीय मनोज कार्की रहेका छन् ।
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रहरी टोलीले हिजो दिउँसो बिराटनगरबाट उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले असोज २६ गते सदालाई अपहरण गरी बिराटनगर–११ स्थित न्यू अप्सरा गेष्टहाउसमा ल्याएर हत्या गरेको खुल्न आएको छ । पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।