झापा । 

झापाको ‘हल्दिबारी गाउँपालिकाले करारका कर्मचारीलाई सुबिधा नदिएको आरोप’ शिर्षकमा हिजो बिहिवार शब्दपत्र डटकमले समाचार प्रकाशित गरेको २४ घण्टा बित्न नपाउँदै पालिकाले सम्झौता अनुसारको रकम दिने भएको छ । 

समाचारमा हल्दिबारी गाउँपालिकाले आठ जना पशु प्राबिधिक कर्मचारीहरूलाई करार सम्झौता बमोजिम कार्य अबधि भरी काम गराएर अबधि सम्पन्न भएपछि स्वरोजार बन्न दिने भनिएको जनही एक लाख रुपैयाँ  नदिएको बिषयमा गुनासो थियो । 

उक्त समाचारको प्रभावले आज गाउँपालिकाले प्रस्ताव पेश गर्ने सार्वजनिक सूचना प्रकाशित गरेको छ। उक्त सूचनामा आठै जनाको नामावली सहितको सूचना निकालेको हो।

हल्दीबारी गाउँपालिकाको चालु आ.व. २०७९/०८० को स्विकृत कार्यक्रम बजेट सि. नं. ३९७ गाउँपालिकाको छात्रवृत्तिबाट कृषि तथा पशु प्राविधिकमा तालिम लिएर गाउँपालिकामा स्वयंसेवकको रुपमा कार्य गरिरहेका प्राविधिकहरुलाई स्वरोजगार हुने गरी प्रोत्साहन कार्यक्रम खर्च शिर्षक २७३१२ मा विनियोजित ८ लाख रुपैयाँ विनियोजन भएको छ ।

साथै त्यस कार्यालय रकम मागको लागि निवेदन प्राप्त भएको हुँदा उक्त रकम प्राप्त गर्नका लागि स्वरोजगार हुने योजना (Scheme) सहितको प्रस्ताव १५ दिन भित्रमा योजना शाखामा पेश गर्न भनिएको छ। ती आठैजना पशु प्राधिधिकको गत असार मसान्तमा  करार अवधि सकिएको थियो । 

prabidhik