झापा ।
६७ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय झापाको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकको भएको रक्तदान कार्यक्रममा एकसय ३६ जनाले रक्तदान गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय झापामा भएको रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य तथा झापा जिल्ला अध्यक्ष लोकराज ढकालको आतिथ्यमा साथै उक्त कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बिश्वमणि पोखरेल उपस्थिति रहेको थियो ।
त्यस्तै इलाका प्रहरी कार्यालय दमकको परिसरमा सोहि कार्यालयका प्रहरी नायव उपरीक्षक दिलिप गिरीसहित ८३ जना प्रहरी कर्मचारीले रक्तदान गरेका थिए भने ५३ जना स्थानिय ब्यक्ति, पत्रकार तथा उधोग ब्यवसायी गरी जम्मा १३६ जनाले रक्तदान गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।