झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित मेचीखोलाबाट अबैंध रुपमा नेपालबाट भारततर्फ लैजादै गरेको एकसय २० केजी सुपारी प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले अवैध रुपमा नेपालबाट भारत तर्फ लगिदै गरेको सुपारी नियन्त्रणमा लिएको हो । 

अबैंध रुपमा लगिएको एकसय २० केजी सुपारी ८० हजार रुपैयाँ बराबरको नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बरामद गरिएको सुपारी आवश्यक कार्वाहीको लागि मेचि भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।