काँकडभिट्टा ।
झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित गैरीगाउँबाट अबैंध रुपमा भारतबाट नेपालतर्फ ल्याइदै गरेको कपडा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याएर लुकाएर राखेको अवस्थामा ४ पोका टिसर्ट पक्राउ गरेको हो ।
पक्राउ परेका २ सय ७० पिस भेष्ट एकला ६० हजार रुपैयाँ मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । उक्त कपडा बरामद गरी आवश्यक कार्वाहीको लागि मेची भञ्सार कार्यालय काँकडभिट्टामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यसैगरी मेचिनगर–७ बाट इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छलेर ल्याई बेवारिसे अवस्थामा राखेको ३ लाख ५० हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय काँकडभिट्टाकै प्रहरी टोलीले मेचीनगर–६ बाट भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छलेर ल्याएको बेवारिसे अवस्थामा रहेको एकलाख ५० हजार रुपैयाँ बराबरको कपडा बरामद गरी दुवै सामानहरु आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।