मोरङ ।
मोरङको बिराटनगर स्थित ब्यापारीहरुलाई धाक धम्कि दिएर रकम माग गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका–२ का २९ बर्षीय रविन घिमिरे रहेका छन् । घिमिरेले ब्यापारीहरुलाई प्रहरीको हाकिम हुँ भन्दै रकम माग गर्दै गरेको अवस्थामा बिराटनगर–१५ स्थितबाट इलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनको अभद्र ब्यवहार गर्न नहुने कसुरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।