कनकाई ।
झापाको धार्मिक तथा पर्यटकीय नगर कनकाईबाट चार वर्षअघि मात्र आफ्नो यात्रा प्रारम्भ गरेको कनकाई खबर साप्ताहिक पाँचौं वर्षमा प्रवेश गरेको छ ।
आफ्नो चार वर्षे यात्रा सफलतापुर्वक पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको कनकाई खबरले छोटो समयमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको पत्रिकाका सम्पादक ÷प्रकाशक रामप्रसाद निरौला बताउँछन् ।
सत्यतथ्य विषयवस्तुमा आधारीत भएर सधैं पत्रकारिताको आधारभुत सिद्धांन्त भित्र रहेर कनकाई खबरले समाचार प्रकाशन गर्दै आएको सम्पादक निरौला बताउँछन् ।
कनकाई खबर डटकमका रुपमा डिजिटल मिडियासँगै प्रकाशन प्रारम्भ भएको कनकाई खबर साप्ताहिक प्रकाशनको छोटो समयमै प्रेस काउन्सिल नेपालको मुल्यांकनमा वर्गिकरण(ख)मा पर्न सफल भएको बताउँदै सम्पादक निरौलाले यो सुखद् अनुभुती आम पाठक, लेखक, विज्ञापनदाता, सहयोगी एवं शुभेच्छुक सबैमा सुनाउन पाउँदा अत्यन्तै हर्षित भएको बताए ।