झापा ।
लगातारको बर्षाका कारण बाँकेको अधिकांश स्थानीयतह बाढी तथा डुवानले प्रभावित भएका छन् । प्राकृतिक विपद्का कारण करिव पाँचसय घरपरिवारका कम्तीमा ३ हजार पाँचसय विस्थापित भएका छन् ।
सबैभन्दा बढी राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिका प्रभावित बनेका छन् । राप्ती नदीमा आएको बाढी राप्तीसोनारी गाउँपालिका २ मा पर्ने टिकुलीपुर बस्तीमा पस्दा तीन सय घरधुरी विस्थापित भएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ । विस्थापित भएकालाई विभिन्न आश्रयस्थल र स्कुलमा सुरक्षित स्थानमा राखिएको र केही घर समेत फिर्ता भएको जनाइएको छ ।
बाढीले नदी तटीय क्षेत्रमा व्यापक कटान गरेको छ । जिल्ला विपद व्वस्थापन समितिको बैठकले बाढी प्रभावतिको तथ्यांक संकलन गर्ने, तत्कालका लागि सुख्खा खाना उपलब्ध गराउने निर्णय गरेको छ ।
वढी र डुवानबाट पीडित भएकालाई पुनःस्थापना र राहतका लागि विपद व्यवस्थापन समितिसँग समन्वय गरेर स्थानिय सरकारले राहत उपलब्ध गराउने निर्णय समेत भएको जनाइएको छ ।


















