झापा ।
झापाको भद्रपुर नगरपालिका–४ बाट नियन्त्रीत लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय भद्रपुरको प्रहरी टोलीले शनिवार स्थानीय २० बर्षीय अनिल तामाङ र भद्रपुर नगरपालिका–३ का २० बर्षीय होमन लिम्बुलाई १ ग्राम ३० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित भद्रपुर नगरपालिका–४ डाँगीवारीबाट पक्राउ गरेको हो ।
लागूऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।