बिर्तामोड ।
झापाको बिर्तामोड–४ मा कार्यालय रहेको परिवेश डिजिटल मिडिया प्रालिद्धारा प्रकाशन तथा प्रशारण हुँदै आएको परिवेश मिडिया डट कम अनलाइन पोर्टल आजबाट स्थापनाको दोस्रो बर्षमा प्रवेश गरेको छ ।
गएको बर्ष असोज २१ गते घटस्थापनाको अवसरमा शुभारम्भ भएको परिवेश मिडिया आजबाट दोस्रो बर्षमा प्रवेश गरेको हो ।
ताजा समाचारहरु अनलाइनको माध्यमबाट तत्काल पढ्न चाहने पाठकको चाहनालाई मध्य नजर गरी शुभारम्भ भएको अनलाइन पोर्टलले छोटो समयमा नै धेरै पाठक बनाउन सफल भएको छ । स्थानीय समाचारलाई प्राथमिकतामा राखेर प्रकाशन तथा प्रशारण हुँदै आएको अनलाइन पोर्टलले व्यवसायीक पत्रकारीतालाई जोड दिँदै आएको छ ।
लोकतान्त्रिक गणतन्त्र र सुशासनको संस्थागत विकाससँगै समाजमा व्याप्त कुरीति र अन्धविश्वासलाई हटाउन परिवेश मिडियाले भूमिका खेल्दै आएको सम्पादक पुष्प खड्काले बताए । पोर्टलेले सबै जातजाति, भाषाभाषी, धर्मसंस्कृति, क्षेत्र, वर्ग, लिङ्ग, पेशाव्यवसाय, राजनीतिक दल आदिका समाचारहरुलाई समान ढंगबाट प्राथमिकतामा राखेर प्रकाशन प्रसारण गर्दै आएको खड्काले बताए ।