झापा ।

झापाको गौरादहमा गएराति गोमन सर्पले डसेर एक बालिकाको मृत्यु भएको छ । गौरादह नगरपालिका वडा नम्बर ९ बैगुन्धुरास्थित मावलमा दशैंको टीका लगाउन गएकी दमक वडा नम्बर २ का वडाध्यक्ष प्रजापति सापकोटाकी नातिनी श्रुति सापकोटा गोमन सर्पले डस्दा मृत्यु भएको हो ।

भुइँमा ओछ्यान लगाएर सुतेको बेला राति साढे एक बजेतिर बालिकालाई सर्पले डसेको थियो । श्रुति नेकपा एमालेको भगिनी संगठन अखिल नेपाल महिला संघ प्रदेश एक कमिटी अध्यक्ष शुभेच्छा सापकोटा तथा टेकनाथ सापकोटाकी छोरी हुन् ।

सर्पले डसेपछि श्रुतिलाई उपचारको लागि लाईफलाईन अस्पताल दमक ल्याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए ।