झापा ।
आज दशैंको टीकाको दोस्रो आफन्त तथा मान्यजनको हातबाट टीका जमरा लगाइ आशीर्वाद लिने गरिन्छ । टाढा रहेका आफन्त तथा मान्यजन कहाँ पुगेर कोजाग्रत पूर्णिमाको दिन दशैंको टीका थाप्ने र आशीर्वाद लिने परम्परा रहेको छ ।
त्यसैले आज टीकाको दोस्रो दिन आज पनि टीका लगाउन आउने–जाने क्रम रहेको छ । बडा दशैंको टीका देवीको प्रसादको रुपमा भएका मान्यतासहित कोजाग्रत पूर्णिमासम्म दशैंको टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादशैं अर्थात् दुर्गा पक्ष समाप्त हुनेछ ।