काँकरभिट्टा ।

झापाको मेचीनगर–६, काँकरभिट्टाका समाजसेवी कृष्णप्रसाद उप्रेतीले जन्मोत्सवको अवसर पारेर पत्रकार  उपचार कोषलाई २५ हजार रुपैयाँ प्रदान गरेका छन् । उप्रेतीले आफ्नो ८४ औं जन्मदिनको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषलाई आर्थिक सहयोग गरेका हुन् ।

काँकरभिट्टा आयोजित एक कार्यक्रमका बीच उप्रेतीले महासंघ झापा अध्यक्ष एकराज गिरीलाई सो रकम हस्तान्तरण गरेका थिए।कार्यक्रमका विशेष अतिथि महासंघ झापाशाखा अध्यक्ष गिरीले महासंघले स्थापना गरेको उपचार कोषमा सहयोगी मनहरु जोडिने क्रम बढीरहेको बताउँदै आफ्नो जन्मदिनमा पत्रकारको हित र उपचार कोष सम्झने पुनित कार्य गरेकोमा उप्रेतीप्रति विशेष आभार प्रकट गरेका थिए ।

अध्यक्ष गिरीले १ करोड रुपैयाँ पु¥याउने लक्ष्यका साथ सुरु गरिएको कोषमा हालसम्म ६० लाखबढी रकम जम्मा भइसकेको जानकारी गराएका थिए ।