बिराटनगर।

पाँचथर र सुनसरीको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुम्मायक गाउँपालिका–२ पाँचथरका २४ बर्षीय भिमबहादुर माझी र रामधुनी नगरपालिका–३ सुनसरीका ६३ बर्षीय चन्द्रराज दाहाल रहेका छन् । 

पाँचथरको फिदिम नगरपालिका–४ स्थित मध्य पहाडी लोकमार्गमा को.४ प ८९९९ नम्वरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका माझीको फिदिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै सुनसरीको इटहरी उप–महानगरपालिका–१७ स्थित चतरा सडक खण्डमा को.२ च ८४४ नम्वरको पिकअप भेनले साईकल यात्री चन्द्रराज दाहाललाई ठक्कर दिँदा घाईते भएका दाहाललाई उपचारको लागि धरान घोपातर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । ठक्कर दिने पिकअप र चालक संजिवकुमार भगतलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।