हल्दिबारी। 

झापाको हल्दीबारी गाउँपालिकाको  पशुपन्छी तथा मत्स्य विकास शाखाको वार्षिक स्विकृत कार्यक्रम अनुसार १६ औ विश्व रेविज दिवसका अवसरमा ‘एक स्वास्थको अवलम्बन रेविजवाट सुन्य निधन’ भन्ने नाराका साथ निःशुल्क रेबिज रोग विरुद्ध खोप कार्यक्रम सञ्चालन गरेको छ । 

गाउँपालिकाले विश्व रेविज दिवस अन्तरगत  गत असोज ६ गतेदेखि १२ गतेसम्म गाउँपालिकाको क्षेत्रभिञ रहेका वडा कार्यालयहरु १, २, ३, ४ र ५ बाटै रेबिज बिरुद्धको खोप लगाइने पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख सानुमाया श्रेष्ठले जानकारी दिइन् । 

रेबिज खोप कार्यक्रम गाउँपालिका भित्र बर्षैभरी भइरहेको भए पनि रेबिज दिवसलाई प्राथमिकता दिदै गाउँपालिका क्षेत्रभित्र रहेका सामुदायिक तथा घर पालुवा कुकुर बिरालोहरुमा निःशुल्क रेबिज रोग विरुद्ध खोप कार्यक्रम सञ्चालन गरिएको उनले बताइन् । 

गाउँपालिकावासीहरुलाई घरपालुवा कुकुर र बिरोलोलाई निःशुल्क रेबिज बिरूद्वको खोप लगाउन समेत पालिकाले आग्रह गरेको छ ।  प्रमुख श्रेष्ठका अनुसार वडा नम्बर ३ र ४ मा भने खोप भण्डारमा आवश्यक यन्त्र फ्रिजको ब्यवस्थापन नभएको कारण हाललाई रेबिज खोप लगाउन समस्या भएको श्रेष्ठले बताइन् ।