हल्दिबारी। 

झापाको हल्दिबारी गाउँपालिका कार्यालय तथा ५ वटै वडा कार्यालयहरूको परिसरमा नवरात्रको दोस्रो दिनको शुभ साइतमा राष्ट्रिय झण्डा राख्ने कार्यक्रम सम्पन्न गरेका छन् ।

हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ, सवै वडाका वडाध्यक्षहरु जनप्रतिनिधिहरू र कर्मचारीहरुको उपस्थितिमा गुरूजनहरूबाट स्वस्ती वाचनगरी राष्ट्रियगानका साथ कार्यक्रम भएको हो।

यसअघि कार्यालयहरूमा कतै राष्ट्रिय झन्डा थिएनन् ।