बिर्तामोड । 

फर्निचर तथा फर्निसिङ ब्यवसायी संघ बिर्तामोड नगर समितिले कार्यालय स्थापना गरेको छ । बिर्तामोड नगर भित्रका फर्निचर तथा फर्निसिङ ब्यवसायीहरुको हकहितका लागि संघले कार्यालय स्थापना गरेको हो । 

कार्यालयको उद्घाटन सोमवार (आज) फर्निचर तथा फर्निसिङ ब्यवसायी संघ झापाका अध्यक्ष चन्द्रप्रसाद गिरीले गरेका हुन् । बिर्तामोडस्थित नयाँ यातायात ब्यवस्था कार्यालय दक्षिणपट्टी कार्यालयको स्थापना गरिएको छ ।  

फर्निचर तथा फर्निसिङ ब्यवसायी संघ बिर्तामोड नगर समितिका अध्यक्ष गोपाल खनालको अध्यक्षतामा भएको कार्यालय उद्घाटन कार्यक्रममा संघका झापा अध्यक्ष गिरीको प्रमुख आतिथ्य रहेको थियो । 

स्वागत संघका बिर्तामोड नगर समिति बरिष्ठ उपाध्यक्ष नारायण राईले गरेको कार्यक्रममा संघका झापा कोषाध्यक्ष मानबहादुर कटुवालको आतिथ्य रहेको थियो भने नगर कार्य समिति पदाधिकारी तथा सदस्य, ब्यवसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन बिर्तामोड नगर सचिव रमेश खरेल (सन्तोष) ले गरेका थिए । 

उद्घाटन गर्दै संघका झापा अध्यक्ष गिरीले फर्निचर तथा फर्निसिङ ब्यवसायीले लाखौलाई रोजगारी र सवै भन्दावढि सरकारलाई कर तिर्ने गरेका बताएका छन् । उनले ब्यवसायीहरु एकताबद्ध हुन आग्रह गर्दै संघको नगर समितिको सिफारिस बिना नगरभित्र कुनैपनि गैर नागरिकलाई काम गर्न दिनु नहुने बताएका छन् । उनले मासिक रुपमा नगर समितिले लेबी उठाएर त्यसले राम्रो बिमा कम्पनीसँग सम्झौता गरेर कामदारको विमा गराउनु पर्नेमा जोड दिए । कुनैपनि नगरको समस्याका लागि जिल्ला र केन्द्र साथमा रहेको बताउँदै नगरका ब्यवसायीको विवरण संकलन गर्न समेत आग्रह गरेका छन् । 

farnichar