सुनसरी ।

सुनसरीको ईटहरी उप–महानगरपालिका–१७ मा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

आइतवार (आज) चतराबाट कान्छी चोकतर्फ आउँदै गरेको प्रदेश नं १–०२–०४४ प १६०८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भएर सडकमा पल्टिएर दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक रामधूनी नगरपालिका–६ का ४१ बर्षीय सुमन रेग्मी र सोही मोटरसाईकल पछाडी सवार ६० बर्षीय रामप्रसाद रेग्मीलाई उपचारको लागि न्युरो अस्पताल बिराटनगर लैजाने क्रममा ६० बर्षीय रामप्रसाद रेग्मीको बाटैमा मृत्यु भएको ईलाका प्रहरी पकलीले जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।