हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिकाको नियमित मासिक बैठकले हल्दिबारी २ का पूर्व वडाध्यक्ष राजेन्द्र योङहाङ स्वर्गबासप्रति शोक प्रस्ताव पारित गर्दै उनको सब बाहन खर्च बापत ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। 

वडा नम्बर ५ का पूर्व वडाध्यक्ष शेरबहादुर नेम्वाङ्ग सिकिस्त बिरामी भएर अस्पतालमा उपचारार्थ रहेकाले स्वास्थ्य लाभको कामना गर्दै उपचारका लागि  १ लाख २५ हजार सहयोग गर्ने समेत निर्णय समेत पारित गरिएको छ।

 बैठकले नेपाल प्रहरी चौकीहरूलाई उपलब्ध गराईदै आएको ईन्धन सूबिधा खर्च यथावत दिईने निर्णय भएको जनाएको छ।हल्दिबारीमा देखिएको डेङ्गो रोग नियन्त्रणका लागि सबै प्रयास अपनाउने जनाइएको छ ।  त्यस्तै स्थानीय पाठ्यक्रमलाई स्वीकृत गरेको छ।  बैठकले हिन्दु धर्मावलम्बीहरूको महान चाड वडा दशैंको अवसरमा पालिका भरिका दुर्गा पूजाअर्चना गर्ने मन्दिरहरूलाई १० हजारका दरले पुजापाठ खर्च दिने निर्णय पारित गरेको छ। तीन वटै प्रहरी चौकिहरूका लागि मौलो खर्च उपलब्ध गराउने निर्णय भएको छ।

हल्दिबारी वडा नम्बर १ मा सञ्चालन भईरहेको फुटबल खेललाई ५० हजार सहयोग गर्ने निर्णय भएको छ। साथै कन्टिन्जेन्सि खर्च, बिद्यालय लेखापरीक्षण, कृषि समूह, कृषि बिकास तथा कृषि प्रसार कार्यबिधि तथा मापदण्ड स्वकृत गरिएको हल्दिबारी गाउँपालिकाका प्रबक्ता तथा हल्दिबारी वडा नम्बर १ का वडाध्यक्ष देबीबहादुर थापाले जानकारी दिए ।