मेचीनगर । 

झापा मेचीनगर–१४ का उधोगपति महाबिर अग्रवालले बिपन्न्न तथा गरिब महिलालाई सारी बितरण गरेका छन् । स्वर्गीय श्रीमतिको नामबाट अग्रवालले चाडपर्वलाई लक्षित ३२ जना महिलालाई सारी बितरण गरेको हुन् । उनले केही दिनमा अन्य २० जना महिलालाई पनि सारी वितरण गर्ने जानकारी दिएका छन् । 

मेचीनगर–१४ को प्रगति टोल बिकास समितिको आयोजनामा भएको कार्यक्रममा अग्रवाल र अर्का उधोगी मार्स प्रसाईले संयुक्त रुपमा स्थानीय प्रगति टोल, आदर्श टोल, पाथीभरा टोल, सृृजना टोल बिकास भित्रका महिलालाई सारी वितरण गरेका थिए । 

कार्यक्रम अघि प्रगति टोल बिकास समितिले साता नियमित कार्यक्रम अनुसार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । समितिका पदाधिकारी तथा गाउँले नवजीवन मार्ग, राजबंशी मार्गको दायाँ–बायाँको झार–बिरुवाका हागा, घास फाडानी गर्दै सरसफाई अभियानसमेत सम्पन्न भएको छ ।