बिर्तामोड । 

देशको सामाजिक, आर्थिक, धार्मिक, शैक्षिक, स्वास्थ्य, कृषि, खेलकूद विकासका बेथिति विरूद्ध खबरदारी गर्ने उद्देश्यका स्थापना भएको युवा नागरिक समाज झापाले बिर्तामोड नगरपालिकाले फोहोरमा भष्ट्राचार गरेको आरोप लगाएका छ । 

युवा नागरिक समाजले शनिवार बिर्तामोडमा पत्रकार भेटघाट गरी बिर्तामोड नगरमा देखिएको फोहोर मैला व्यवस्थापनमा भ्रष्ट्राचार र अनियमिततालाई प्रोत्साहन हुने गरि गरिएको कार्यप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । 

गलतलाई गलत सहीलाई सही भन्ने उद्देश्यका साथ स्थापना भएको युवा नागरिक समाजले अमूल्य मत दिएर जिताएका जनप्रतिनिधिले विर्तामोड नगरपालीकाले फोहोर मैला व्यवस्थापन सम्बधी गरेको निर्णयको विरोध गर्ने युवा नागरिक समाज झापाका अध्यक्ष केशवकुमार भण्डारीले बताएका छन् ।  

नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाईलाई ध्यानकर्षण पत्र बुझाउदै अभियान शुरुवात गरेको पत्रकार भेटघाटका क्रममा वितरित बिज्ञप्तीमा उल्लेख छ । 

अध्यक्ष भण्डारीले भने ‘खुल्ला रूपमा भनेका छौ, विर्तामोड नगरको फोहोर विर्तामोड नगरमै व्यवस्थापन हनुपर्छ ।’ कुनै कारणवस विर्तामोड नगरको फोहोर मैला व्यवस्थापन गर्न नगरको पैसा कुनै अमुख नीजी कम्पनीमा लगानी गर्न नहुने अध्यक्ष भण्डारीले बताए । उक्त कम्पनीलाई अगाडी बढाउने कुरा नीति र कानुन विपरित भएकोले उक्त कम्पनीलाई सरकारीकरण गरिनु पर्ने उनको धारण थियो ।  सरकारीकरण भएपछि मात्र नगरको पैसा लगानी गर्न पाइने उनको बताएका छन् । 

नेपालको सन्दर्भमा विगत ७० वर्ष देखी राजनीतिक परिवर्तन ल्याएका सकारात्मक आयामहरलाई आत्मसात गर्दै नकारात्मक पक्षहरूको व्यवस्थापन गर्ने नेतृत्व आजको दिनसम्म पनि तयार नभएका कारण राजनीति व्यवस्था परिवर्तनमा सफल व्यवस्थापनमा असफल देखिएको कारण फेरी राजनीतिलाई फरक ढंगबाट व्याख्या विश्लेषण गर्ने उद्देश्यले नेपालको पूर्वी जिल्लाबाट युवा जागरण महाअभियान मार्फत युवा एकताको सुरुवात गर्ने परिकल्पना गरेका गरेको बिज्ञप्तीमा उल्लेख छ । 

स्वाभीमान, स्वतन्त्र भौगोलिक अखण्डता, राजनीती, सामाजिक, धार्मिक, साहित्य, सास्कृतिक शैक्षिक स्वाथ्य कृषि खेलकुद विकासको क्रममा देखा परेका विकृति विरुद्ध खबरदारी गर्न झापाका १५ वटा पालिकामा कमिटी गठन गरिने जनाइएको छ । पत्रकार भेटघाटमा युवा नागरिक समाज झापाका सल्लाहकार जयनारायण ढुङ्गाना, सचिव निराजन ओली, जानुका थापा मगर, प्रकाश सिटौलाले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए ।